Logo

७ साउन,वीरगञ्ज । वीरगञ्जको नेशनल मेडिकल कलेज प्रा.लि.र ज्ञानदा एकाडेमीबीच ब्यापारिक साझेदारी सम्बन्धी सम्झौता भएको छ । नेशनल मेडिकल कलेज प्रा.लि. वीरगञ्जस्थित कार्यालयमा साउन ७ मा यो सम्झौता सम्पन्न भएको हो ।

उक्त सम्झौता पत्रमा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक (एमडी) शाहनवाज अन्सारी र ज्ञान्दा एकाडेमी प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक राजेन्द्र कोइरालाले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात वीरगञ्जको नेशनल मेडिकल कलेज प्रा.लि.मा कार्यत कामदारका छोराछोरीलाई ज्ञानदा एकेडेमीमा पढाउँदा बिशेष छुट प्रदान गरिने कलेजका प्रबन्ध निर्देशक (एमडी) शाहनवाज अन्सारी बताए । यसका साथै बिभिन्न टिम बनाई खेलको अभ्यासको लागी प्रयास गरिने उनले बताए ।

वीरगञ्जको शिक्षा, स्वास्थ्य र खेलकुदमा कसरी विकास गर्न सकिन्छ भन्ने आफ्नो सोचमा आएकोले ज्ञानदा एकेडेमीसँग शिक्षा र स्वास्थ्यसँगसँगै लाने सम्झौता गरिएको बताए । मेडिकल कलेजका जति विद्यार्थीहरु छन् उनीहरुलाई कसरी समावेश गरेर जान सकिन्छ भन्ने विषयमा ज्ञानदा एकेडेमी र मेडिकल कलेजबीच आपसी छलफलबाट सम्झौता गरिएको बताए ।

स्वास्थ्यमा सबैलाई सचेत कसरी बनाउने ? स्वास्थ्य भनेको के हो भन्ने विषयलाई शिक्षा मार्फत जनचेतना जगाउन ज्ञानदा एकेडेमीसँग सहकार्य गरिएको बताए ।

ज्ञानदा एकेडेमीका कार्यकारी प्रमुख राजेन्द्र प्रसाद कोइरालाले मेडिकल कलेजका विद्यार्थीहरुले स्वास्थ्य सम्बन्धी विषयमा एकेडेमीका विद्यार्थीहरुलाई जानकारी गराउने र अन्य खेलकुद लगायतका गतिविधिका लागि ज्ञानदा एकेडेमीको भौतिक संरचना प्रयोग गर्ने सहकार्य गरिएको बताए ।


सम्बन्धित समाचार