Logo

७ साउन,वीरगञ्ज । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा चढेको गाडी दुर्घटनामा परेको छ । महासंघ प्रदेशका महासचिव बन्जारा चढेको गाडी आज दिउँसो जितपुरमा दुर्घटनामा परेको हो ।

सिमराबाट बीरगन्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ छ १८६५ नम्बरको गाडीलाई सोही दिशाबाट बीरगन्जतर्फ आउँदै गरेको मालबाहक ट्रकले ठक्कर दिदाँ दुर्घटना भएको हो ।

दुर्घटनामा परी पत्रकार बन्जारसहित उनको श्रीमती पनि घाइते भएकी पत्रकार केसी लामिछानेले बताए । घाइते दुबै जनाको बीरगन्जस्थित हेल्थ केयरमा उपचार भइरहेको तथा अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

प्रहरीले ना ६ ख २६५४ र ना ६ ख ७५४९ नम्बरको दुइटा ट्रकहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।


सम्बन्धित समाचार