Logo

८ साउन,काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वऊर्जामन्त्री शक्ति बस्नेतले अमुक उद्योगमा काटिएको लाइन जोड्ने विषयलाई सरकारले आफ्नो प्रतिष्ठाको विषयको रूपमा लिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै अहिलेको विवाद महसुल बुझाउने कि नबुझाउने भन्ने विषयमा मात्रै सीमित नभएको बताए ।

उनले भने, ‘स्पष्ट छ यो विवाद काटिएको विद्युत् लाइन जोड्ने कि नजोड्ने कुराको मात्रै होइन । यो त महसुल असुल गर्ने कि नगर्ने ? महसुल बुझाउने कि नबुझाउने भन्ने मात्रै होइन । लाइन जोड्ने नजोड्ने विद्युत् प्राधिकरणको नियमावली अनुसार हुन्छ । ६० किस्तासम्म सहुलियत भएकै हो ।’

विद्युत् प्राधिकरणले जारी गरेको बिलको विषयमा पुनरावलोकनदेखि पुनरावेदनसम्मको कानूनी व्यवस्था भएको बताए । उनले सरकारले समस्याको समाधान नियमअनुसार गर्नुपर्ने बताउँदै ठाडो निर्देशनमा नहुने बताए । उनले यो विषयमा सरकार गलत बाटोमा हिँडेको जिकिर गरे ।


सम्बन्धित समाचार