Logo

८ साउन,वीरगञ्ज । भाषा आयोग र मधेस विश्वविद्यालयबीच भाषाको विकास र संरक्षण गर्न दुइपक्षीय सम्झौता भएको छ ।

मातृभाषा र विशेष गरी लोप हुन लागेका भाषाहरुको विकास र संक्षण, भाषा विज्ञान, भाषा नीति र सांस्कृतिक सम्बन्धी अनुसन्धान, नीति निर्माण र परिवर्तनका प्रयासहरुमा सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा एक अर्काबीच रहेको सीप ज्ञान तथा प्राज्ञिक र व्यावसायिक अनुभवहरु साझेदारी गरेर क्षमता अभिवृद्धि र व्यावसायिक विकासका लागि सहजीकरण गर्ने उद्देश्यले मधेस विश्व विद्यालय र भाषा आयोगबीच आज समझदारी भएको मधेस विश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दिपक शाक्यले जानकारी दिनुभयो ।

काठमाडौ स्थित भाषा आयोगका अध्यक्ष डाक्टर गोपाल ठाकुर र मधेस विश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्यले हस्ताक्षर गर्नुभएको छ ।

 


सम्बन्धित समाचार