Logo

८ साउन,काठमाडौँ । भारतले सुन र चाँदीको भन्सार शुल्क घटाउने घोषणा गरेको छ । वित्त वर्ष २०२४÷२५ का लागि वित्तमन्त्री निर्मला सीतारमणले मंगलबार सार्वजनिक गरेको बजेटमा यस्तो घोषणा गरिएको हो ।

बजेट भाषणमा भनिएको छ, ‘सुन र बहुमूल्य धातुमा आन्तरिक मूल्य अभिवृद्धि गर्न सुन र चाँदीमा भन्सार घटाउने प्रस्ताव गरिएको छ ।’ प्रस्तावित भन्सार दर सुन र चाँदीमा ६ प्रतिशत कायम गर्ने उल्लेख छ ।

यसले भारतभित्र सुन र चाँदीको मूल्य अहिलेको तुलनामा कम हुने छ । बजेटले मोबाइल फोनको चार्जर, बिजुलीको तार र एक्सरे मेसिनको समेत मूल्य कम हुने गरी नीति ल्याएको वित्तमन्त्री सीतारमणले जनाएकी छिन् ।

भारतले नेपालको छिमेकी मुलुक बिहार र आन्द्र प्रदेशलाई अधिक प्राथमिकता दिएर बजेट ल्याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहारमा मात्र ३ एक्सप्रेस वे बनाउने घोषणा गरिएको छ ।


सम्बन्धित समाचार