Logo

९ साउन, काठमाडौं । त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सका पाइलट जिवित उद्दार गरिएको र ४ जना यात्रुको शव निकालिएको छ । घाइते पाइलटको उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

यात्रुहरु भने अधिकांस हताहति भएको स्रोतेल बतायो । उद्दार टोलीले मृतक यात्रुहरुको शव दुर्घटनास्थलबाट धमाधम निकालिरहेको छ । कति संख्यामा शव भेटियो भन्ने आधिकारिक जानकारी गराइएको छैन ।

जहाजमा १९ जना यात्रु सवार थिए । सौर्य एयरलाइन्सका अनुसार पोखरामा मेन्टेनेन्सको कामका लागि कर्मचारीहरु लैजान लागिएको थियो । अधिकांस इन्जिनियर र प्राविधिकहरु थिए । जहाजमा सर्वसाधारण यात्रु नभएको विमानस्थल स्थित सुरक्षा स्रोतले जनाएको छ ।

विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्‍याएको छैन । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन ।

बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।


सम्बन्धित समाचार