Logo

९ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झण्डै २ घण्टापछि सञ्चालनमा आएको छ । विमान दुर्घटना भएको झण्डै २ घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार १२ बजेर ५३ मिनेटदेखि सञ्चालनमा आएको छ ।

आज बिहान ११ बजे तिर काठमाडौंबाट पोखरा उड्न लागेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै दुर्घटना भएपछि उडान तथा अवतरण प्रभावित बनेको थियो ।


सम्बन्धित समाचार