Logo

९ साउन,सेढवा । पर्साको पटेर्वासुगौली गाउँपालिकामा लागू औषध दुव्र्यसनी नियन्त्रणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ५ स्थित नेरामावि निचुँटामा समूदाय तथा सरोकारवाला सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

स्थानीय अधिकार कार्यक्रम अन्तर्गत कार्यक्रम सम्पन्न भएको हो । एक्शनएड नेपालको सहयोग तथा दिव्य बिकास स्रोत केन्द्रको आयोजनामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीले सामाजिक तथा आर्थिक बिकासका लागि समूदायबाट हटाउनु पर्नेमा जोड दिए ।

पालिकाको एक्लो प्रयासले यसलाई हटाउन सम्भव नरहेको भन्दै अध्यक्ष चौधरीले सुरक्षा निकाय, विद्यालय, समूदायका महिला, पुरुष तथा यूवायुवतीले आ–आफ्नो स्थानबाट प्रयास गर्न आग्रह उनले आग्रह गरे । त्यसको न्यूनीकरणका लागि पालिकाले वडा स्तरबाट अभियान नै चलाएको अध्यक्ष चौधरीले बताए । कार्यक्रममा लागू औषध गाँजा, चुरोट, चरेश तथा जाँडरक्सी नियन्त्रण गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।

कार्यक्रममा उपाध्यक्ष ममता महतो, इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक मोहनजंग बुढा थापा लगायतको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार