Logo

९ साउन,वीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । सौर्य एयरलाइन्सको जहाज दुर्घटनालगायतका विषयमा छलफल गर्न बुधवार मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामशरण बजगाईंले दिए ।

‘जहाज दुर्घटनापछिको स्थितिका बारेमा छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाउनु भएको हो,’ बजगाईंले भने, ‘बैठक ५ बजे सिंहदरबारमा बस्नेछ ।’
सौर्य एयरको जहाज मर्मतका लागि पोखरा जाने क्रममा बुधवार बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ ।

उडान भर्नेबित्तिकै जहाज दुर्घटनामा परेको थियो ।
दुर्घटनापछि प्रधानमन्त्री ओली दुर्घटनास्थल पुगेका थिए । दुर्घटना छानबिन प्रक्रियासहितको विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठकको आह्वान गरेका हुन् ।


सम्बन्धित समाचार