Logo

९ साउन,काठमाडौं । सौर्य एयरको जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनिष शाक्यको शल्यक्रिया सुरु भएको छ।

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा मेरुदण्डको अपरेशनका लागि शल्यक्रिया कक्षमा लगिएको अस्पतालका निर्देशन डा.सुमन श्रेष्ठले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “उहाँको शरीरका विभिन्न ठाउँमा चोट लागेको छ। आँखा माथि चोट लागेको छ। मेरुदण्ड भाँचिएकोले ब्रेन सुन्निएको छ। अहिले उहाँलाई शल्यक्रिया कक्षमा घाउँमा टाँका लगाउँर्दै छौँ।” ७२ घण्टा न्युरो वार्डमा निगरानीमा राख्ने हेर्ने उहाँले जानकारी दिनुभयो। क्याप्टेन शाक्यको ढाँडको शल्यक्रिया भने केही दिनपछि मात्र गर्ने योजना रहेको उहाँले बताउनुभयो।

बुधबार काठमाडौँबाट पोखरातर्फ उडेको सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। पाइलट शाक्यको भने घाइते अवस्थामा उद्दार गरिएको थियो।


सम्बन्धित समाचार