Logo

९ साउन,काठमाडौं । नेपालमा जहाज र बस दुर्घटना भयावह बन्दै गएको छ । त्रिशूलीमा दुईवटा बस खसेर ४० भन्दा बढी यात्रु बेपत्ता भएको घटना नसेलाउँदै बुधबार विमान दुर्घटनाको अर्को नियति दोहोरिएको छ, त्यो पनि त्रिभुवन विमानस्थलको डिलमै ।

बुधबार बिहान ११ बजेर ११ मिनेटमा मर्मतका लागि पोखरातर्फ उडेको जहाज त्रिभुवन विमानस्थलको डिलमै भयावह दुर्घटनामा प¥यो । जसबाट १८ जना यात्रुले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा अधिकांश सौर्य एयरलाइन्सकै कर्मचारी छन् ।

विमान दुर्घटनामा परेका पाइलट मनिषरत्न शाक्यको मात्रै उद्धार भएको छ ।

हेर्नुहोस् तस्बिरहरु‘

तस्बिरहरु : केशब गुरुङ / कबिन अधिकारी


सम्बन्धित समाचार