Logo

सांकेतिक तस्वीर

१० साउन,ठोरी । पर्साको ठोरी गाउँपालिकामा सर्पले डस्दा एक बालिकाको ज्यान गएको छ । गाउँपालिकाको वडा नम्बर १ मा सर्पको डसाइबाट एक जना बालिकाको ज्यान गएको हो ।

ठोरीसंगै सिमाना जोडिएको माडी नगरपालिका –९ हनुमान झुला स्थायी ठेगाना भई हाल ठोरी बस्दै आइरहेकी एलिसा थिङको सर्पको डसाईबाट मृत्यु भएको हो ।

हनुमान झुलाका विजय थिङ्को ७ वर्षीय छोरीको उपचारको क्रममा वीरगञ्जतर्फ ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको हो । ठोरी–१ को घोल गाउँमा बस्दै आइरहेकी बालिका थिङ्लाई आज बिहान सर्पले डसेको थियो ।
उनी ठोरीकै एक नीजी विद्यालयमा अध्ययनरत थिइन् ।


सम्बन्धित समाचार