Logo

१० साउन,काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले धेरै विद्यार्थीहरू बाहिर गए रेमिट्यान्स घट्ने समस्या हुने बताएका छन् ।

बिहीबार कानुन, न्याय तथा मानव अधिकार समितिमा भएको बैठकमा उनले विद्यार्थीहरूलाई पढ्नको लागि कहिले पनि रोक नलगाएको भन्दै यसरी नै चल्ने हो भने देशमा रेमिट्यान्स घट्ने समस्या हुने बताए ।

उनले भने, ‘विद्यार्थी बाहिर देशमा गएर पढ्ने कुरा पहिला पनि रोकिएको थिएन । अहिले पनि रोकिएको छैन । उतै बसोबास गर्ने, काम गर्ने गर्छन् । तर धेरै विद्यार्थी जान थाले भने रेमिट्यान्स घट्दा समस्या हुन्छ । त्यही भएर यसमा विचार गर्नुपर्छ । १२ कक्षासम्मका बच्चाहरूलाई सिधै सुविधा दिएर बाहिर जाने व्यवस्था गर्दा धेरै राम्रो हुँदैन ।’


सम्बन्धित समाचार