Logo

११ साउन,काठमाडौँ । मधेश प्रदेश लोक सेवा आयोगको अध्यक्षमा डा. शिवराम यादवलाई नियुक्त गरेको छ ।

सिरहा नगरपालिका–१३ गम्हरिया घर भएका ५७ वर्षीय डा. यादवलाई बिहीबार सरकारले आयोगको अध्यक्षमा नियुक्त गरेको हो । मुख्यमन्त्री सतिशकुमार सिंहले यादवलाई मधेश लोक सेवा आयोगको अध्यक्षमा नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सिफारिस गरेका छन् ।

डा.यादवलाई आयोगको अध्यक्ष पदको शपथ आज गराउने तयारी गरिएको मुख्यमन्त्री सचिवालयले जानकारी दिएको छ । मुख्यमन्त्रीले सिफारिस पठाउन ढिलो गरेका कारण उनको नियुक्ति प्रदेश प्रमुखले शुक्रबार गर्ने तयारी छ । शुक्रबार नै उनको शपथग्रहण हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

उमेर हद नाघेको कारण अध्यक्ष सुरेन्द्रप्रसाद यादव २०८० फागुन २२ गते अवकाश प्राप्त गरेपछि सो पद रिक्त थियो । आयोगको एक सदस्य पनि रिक्त छ ।


सम्बन्धित समाचार