Logo

११ साउन,काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन्।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत चालु आर्थिक वर्षमा ५.५ मूल्य वृद्धि सीमित राख्ने लक्ष्य लिएको छ।

राष्ट्र बैंकले शेयर धितो कर्जामा पनि लचकता अपनाएको छ। यद्यपि व्यक्तिगत तर्फ १५ करोड कर्जाको सीमा यथावत रहेको गभर्नर अधिकारीले बताए। निर्माण क्षेत्रमा पनि मौद्रिक नीति लचक देखिएको छ। निर्माण व्यवसायलाई प्रवाह भएको कर्जाको सावाँब्याज तिर्ने अवधि २०८१ मंसिरसम्म थप गर्ने घोषणा गरिएको छ।

निर्माण व्यवसायहरूलाई कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था नभएसम्मको लागि चेक अनादर भएको आधारमा मात्र कालोसूचीमा समावेश नगर्ने घोषणा पनि राष्ट्र बैंकले गरेको छ।

निर्माण व्यवसायको लागि लिइने बैंकिङ सुविधा तथा कर्जाहरूमध्ये वासलात बाहिरको सुविधा उपयोग गर्दा क्रेडिट रेटिङ्ग गर्नुपर्ने व्यवस्थाको सीमा सम्बन्धमा छुट्टै व्यवस्था गर्ने मौद्रिक नीतिमा उल्लेख छ।

बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरूलाई दिइने अधिकतम २० करोडको सीमा खारेज गरिएको छ।

(हेर्नुहोस् पूर्णपाठ)


सम्बन्धित समाचार