Logo

११ साउन,वीरगञ्ज । मधेश प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्षले शपथ लिएका छन् । आयोगका नवनियुक्त अध्यक्ष डा.शिवराम यादवले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

नवनियुक्त अध्यक्ष डा. यादवलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । मधेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले डा. यादवलाई लोकसेवा आयोगको अध्यक्ष नियुक्त गर्न हिजो सिफारिस गरेका थिए ।

सो लगत्तै प्रदेश प्रमुख भण्डारीले डा.यादवलाई प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गरेकी हुन् । ५७ वर्षीय यादव सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नम्बर १३ गम्हरिया निवासी हुन् ।

गत फागुनमा उमेर हदको कारण मधेश प्रदेश लोकसेवा आयोगका तत्कालीन अध्यक्ष सुरेन्द्र प्रसाद यादव पदमुक्त भएपछि पद रिक्त थियो ।


सम्बन्धित समाचार