Logo

११ साउन,सेढवा । पर्साको जिराभवानी वडा २ मा रहेको वनशक्ति प्राबि काठमान्डौटोलमा वृक्षारोपण गरिएको छ । स्वर्गीय बिपी. कोइरालाको ४२ औ जन्मज्यन्तीको अवसरमा नेपाली कांग्रेस जीराभवानी गाँउपालिका वडा नं २ को कार्य समितिको आयोजनामा वृक्षारोपण गरिएको हो ।

कार्यक्रममा मधेश प्रदेश सांसद शंकर प्रसाद चौधरीले जलवायू परिवर्तन भई विभिन्न समस्याको सामना गर्नुपर्ने भएकाले वृक्षारोपण गर्न आग्रह गरेका थिए । वन बिनाशका कारण रुख बिरुवाका कामीका कारण अत्यधिक गर्मी तथा वर्षा कम हुने गरेका सांसद चौधरीले बताए ।

दिनहु जनसंख्याको वृद्धि हुदै गएका र बोटबिरुवा मासिने हुदा सास फेर्न अक्सिजनको कमी हुदै गरेका कारण मानव जीवनको अस्तित्व जोगाउन हरेक नागरिकहरुले रुख बिरुवा लगाउन सांसद चौधरीले आग्रह गरे ।

नेपाली काग्रेस जिराभवानी गापा वडा नं २ कार्यसमितिका सभापित सरोज चौरसियाको अध्यक्षतामा भएका कार्यक्रममा गापा अध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरी, प्रधानाध्यापक गोबिन्द मिर्दाहा, विद्युत् प्राधिकरणका रामलाल साह, सत्यनारायण साह, शेख नूमान आजम, अर्जुन चौधरी तथा शिक्षक शिक्षिका तथा आम नागरिकहरुको सहभागिता रहेका थिए ।

 


सम्बन्धित समाचार