Logo

११ साउन,काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले मौद्रिक नीति कार्यान्वयनले यसले लिएको लक्ष्य स्पष्ट पार्ने बताएका छन् ।

शुक्रबार केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि संचारकर्मीसँग कुरा गर्दै केसीले नीतिमार्फत अर्थतन्त्रलाई चलाउमान बनाउने प्रयास गर्न खोजिएको बताएका हुन् ।

तर, कार्यान्वयनले मात्रै मौद्रिक नीतिको लक्ष्य स्पष्ट हुने उनले बताए । अर्थतन्त्रमा देखिएका समस्यालाई समाधान गर्न सहयोग गर्नेगरी नै मौद्रिक नीति आएको उनको भनाइ छ ।

उनले बैंकिङ क्षेत्रमा देखिएका समस्यालाई पनि मौद्रिक नीतिमार्फत सम्बोधन गर्न खोजिएको जिकिर गरे । समग्र ऋणको प्रभिजनलाई १ दशमलव १ प्रतिशतमा झार्ने विषय सरकारात्मक रहेको उनले बताए ।

केसीले निर्माण क्षेत्रमा बैंकले लिएका नीतिले यस क्षेत्रमा देखिएको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।


सम्बन्धित समाचार