Logo

११ साउन,वीरगञ्ज । जनमत पार्टीको आजदेखि जनकपुरमा सचिवालय बैठक सुरु भएको छ । जनकपुरको केन्द्रिय पार्टी कार्यालयमा शुक्रबार साँझदेखि जनमतको सचिवालय बैठक सुरु भएको हो ।

सचिवालय बैठक शुक्रबार साँझदेखि जनकपुरको पार्टी कार्यालयमै सुरु भएको पार्टी प्रवक्ता शरद यादवले बताए ।
उनका अनुसार जनमत पार्टीको यो सचिवालय बैठक २ दिनसम्म चल्नेछ । शुक्रबार साँझदेखि सुरु भएको सचिवालय बैठकमा खासगरी ३ वटा एजेन्डामा छलफल केन्द्रित रहने पार्टी प्रवक्ता यादवले जनाए ।

उनका अनुसार वर्तमान राजनीतिक परिस्थिति, पार्टीको कार्यदिशा र प्रदेश सरकारको कामकाजमा भएका उपलब्धी तथा आएका समस्याहरुको समाधान हेतु समीक्षा बैठक सुरु भएको हो । पहिलो दिनको बैठकबाट जनमत नेतृत्वको मधेश प्रदेश सरकारलाई अब कसरी सफल बनाउने त्यो अजेण्डामाथि गम्भीरताका साथ छलफल चलाइने तयारी भएको सचिवालय स्रोतले जनाएको छ ।

पार्टी सचिवालयका १७ जना पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा छलफल सुरु गरिएको छ । शनिबार भने प्रदेशका मुख्यमन्त्री, पूर्वमन्त्री तथा प्रदेश सांसदहरुसंग छलफल गरिने कार्यतालिका रहेको छ ।


सम्बन्धित समाचार