Logo

१२ साउन,वीरगञ्ज । जनमत पार्टीको जनकपुरमा जारी दुइ दिने सचिवालय बैठक आज सकिएको छ । जनकुरस्थित पार्टीको केन्द्रिय कार्यालयमा हिजोदेखि सुरु भएको सचिवालय बैठक शनिबार सकिएको हो ।

बिभिन्न चार बुँदे निर्णय गर्दै पार्टी सचिवालय बैठक सकिएको जनमत पार्टी प्रवक्ता शरद यादवले बताए ।

उनका अनुसार दुइ दिनसम्म चलेको सचिवालयको बैठक खासगरी मधेश सरकारको नेतृत्व पाएको ४९ दिनसम्ममा भएको प्रगतीको समीक्षा गर्दै बैठक सकिएको हो ।

बैठकमा सरकारको कामकाजको समीक्षासंगै सरकार सञ्चालन गर्दा देखिएका चुनौतीका सवालमा केन्द्रित रहेको जनमत पार्टीले जानकारी दिएको छ ।

प्रवक्ता यादवका अनुसार बैठकमा मधेश सरकारको ४५ दिनसम्ममा भएको गतिविधिको बारेमा समीक्षा भएको थियो ।

त्यसपछि सरकारलाई अझ बढी चलायमान बनाउन समीक्षा बैठकले सुझाव दिएको जनमत पार्टीले जानकारी दिएको छ ।

जनमतको सचिवालय बैठकले योसंगै आगामी दिनमा हुने प्रदेश सरकारको कार्ययोजना बारेमा छलफल गरेको थियो भने प्रदेशमा देखिएका बेथितिलाई सुधार गर्दै सुशासन कायम गर्नतर्फ ध्यान दिन मुख्यमन्त्री सतिस सिंहलाई निर्देशन दिएको छ ।

यसैगरी चौथो नम्बरमा भने प्रदेशमा व्यापकरुपमा रोजगारीका कार्यक्रमहरु संचालन गर्न निर्देशन दिइएको जनमत पार्टी प्रवक्ता यादव बताउँछन् ।

बैठकबाट प्राप्त सुझावहरु सरकारको तर्फबाट जनतालाई फाइदा हुने सबै गतिविधि गर्ने मुख्यमन्त्री सिंहले प्रतिबद्धता पनि जनाएको बताइएको छ । जनमत अध्यक्ष सिके राउतको अध्यक्षतामा बैठक चलेको थियो ।


सम्बन्धित समाचार