Logo

१३ साउन,वीरगञ्ज । पर्साका प्रहरी प्रमुख कुमोध ढुंगेलले पूर्णरुपमा तस्करी रोक्न मातहातका प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्सामा आज भएको छलफलमा मातहतका सबै प्रहरी प्रमुखसँग ब्रिफिङ लिँदै उनले यस्तो ठाडो निर्देशन दिएका हुन् । नयाँ आर्थिक वर्ष सुरु भएसँगै प्रहरी प्रमुख ढुंगेलले आज मातहातका प्रहरी प्रमुखहरुसँग छलफल गरेका हुन् ।

छलफलमा पछिल्लो समय पर्सा जिल्लामा फाटफुट रूपमा तस्करी भइरहेको गुनासाहरू आइरहेकोे सुनाउँदै उनले भने, ’अब यस्ता गुनासाहरु काहीँ कतैबाट आउनुहुदैँन, कसैको एरियाबाट तस्करी हुनुहुँदैन । यदि कसैले यस्ता गरायो भने, त्यसलाइ त्यहीबेला कारबाही गरिन्छ । त्यसकारण पूर्णरुपमा तस्करी बन्द हुनुपर्छ ।’

विभागको नीतिभन्दा बाहिर गएर कसैलाई काम गर्ने छुट नभएको उनले निर्देशन दिए ।
उनले भने, ’विभागको नीति अनुसार काम गर्ने प्रहरीलाइ पुरस्कृत गरिनेछ, नीति विपरीत काम गर्नेलाइ भने ठाडो कारवाही गरिनेछ । गलत गर्ने जोसुकै भएपनि त्यसलाई कारबाहीको दायरामा ल्याइन्छ ।’

सेवाग्राहीलाइ पहिलो प्राथमिकतामा राखेर काम गर्न प्रहरी प्रमुख ढुंगेलले युनिट प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

प्रहरी प्रमुख ढुंगेलसँगको ब्रिफिङमा मातहतका चौकी इन्चार्ज र इलाका प्रहरी कार्यालयका इन्चार्जसहित सबै प्रमुखहरुको उपस्थिति थियो ।


सम्बन्धित समाचार