Logo

१४ साउन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आज दोस्रो दिन पनि सिर्सिया नदी प्रदूषित गर्ने २ उद्योगलाई कारबाहीस्वरुप ती उद्योगको मुख्यद्वारमा फोहरमैला थुपारिदिएको छ । नगर प्रहरीसहित सरसफाइको टोलीले ट्रयाक्टरमा फोहरमैला राखेर परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग र श्रीसिद्धि टेक्सटाइल्सको मुख्यद्वार प्राङ्गणमा फोहोर थुपारिदिएको हो ।

वीरगञ्ज महानगरपालिका नगर प्रहरीसहित कर्मचारीको टोलीले सोमबार वीरगन्ज–२१ परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग प्रालि र श्रीसिद्धि टेक्सटाइल्स प्रालिमा २० ट्याक्टर फोहोर लगेर उद्योगभित्रको परिसरमा थुपारि दिएको हो ।
यसअघि आइतबारपनि महानगरको टोललीले अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स र मोरियम लेदर इण्डस्ट्रिज प्रालीको मुख्यद्वार प्राङ्गणमा फोहोर लगेर थुपारिदिएको थियो ।

नदीमा प्रदुषण नगर्न पटक पटक चेतावनी दिनुका साथै आर्थिक जरिबाना गर्दापनि नटेरेपछि वीरगञ्ज महानगरपालिकाले नदी प्रदुषित गर्ने उद्योगहरुमा सहरबाट संकलन गरिएका कचरासहितको फोहोर ट्याक्टरमा लगेर उद्योगमा खसालेर थुपार्न थालेको हो ।

सोमबार दुई उद्योगमा १०/ १० ट्याक्टर फोहोर लगेर थुपारिदिएको वीरगञ्ज महानगरका नगरप्रहरी प्रमुख हरि भुसालले बताए । आाइतबार फोहोर लगेर थुपारिएका तीन उद्योगमध्ये मोरियम लेदर इण्डस्ट्रिजकाा सञ्चालकले नदीमा प्रदुषण गर्ने प्रतिबद्धता जनाएको उनले बताए । तर बाँकी दुई उद्योगले आइतबार फालिएको फोहोरको तस्बिर खिच्च्न जाँदा एक नगर प्रहरीलाई दुई घण्टा नियन्त्रणमा लिएर राखेका कारण सोमबार फेरि १०/१० ट्याक्टर फोहोर लगेर उद्योगभित्र थुपारिएको भुसालले बताए ।

वीरगञ्ज महानगरका नगरप्रहरी प्रमुख हरि भुसालले ती उद्योगको परिसरमा प्रतिकात्मक कारबाहीस्वरुप सोमबार फोहरमैला खसाली दिएको बताए । “उद्योगबाट निस्कने फोहरमैला सिर्सिया नदीमा नमिसाउन बारम्बार अनुरोध गरेका थियौँ । तर उहाँहरूले मान्नुभएन, त्यसैले निर्देशनानुसार फोहरमैला थुपारिदिएको हो”, उनले भने । महानगरले यसअघि सिर्सिया नदीमा फोहरमैला नफ्याँक्न बारम्बार अनुरोध गर्दै आइरहे पनि उद्योगी व्यवसायीले आलटाल गर्दै आएका थिए ।

यसअघि गत बैशाख ९ गते वीरगञ्ज महानगरले नदी प्रदुषित गर्ने उद्योगहरु सिल गर्ने तयारी गरेपछि त्यहिदिर्न ९ वटा उद्योगका सञ्चालकहरुले महानगरपालिकामै पुगेर १५ दिनको समय माग्दै नदीमा प्रदुषण नगर्ने लिखित रुपमै सामुहिक प्रतिबद्धता जनाएका थिए । तर उक्त प्रतिबद्धता जनाएको ३ महिना बितिसक्दापनि नदीको प्रदुषण नरोकिएपछि बाध्य भएर कारबाही स्वरुप अटेरी गर्नेमध्येका उद्योगहरुमा आइतबारदेखि महानगरले सहरबाट संकलन गरिएको कचरासहितको फोहोर लगेर थुपार्न थालेको वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले बताए ।


सम्बन्धित समाचार