Logo

१५ साउन,वीरगञ्ज । बाराबाट प्रहरीले भन्सार छली ल्याइएका १० बोरा पाउडर दुध बरामद गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले जितपुरसिमराबाट भन्सार छलीका पाउडर दुध बरामद गरेको जनाएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्वर १ पथलैया एरियाबाट राजश्व छलीका पाउडर दुध पक्राउ गरेको बारा प्रहरीका प्रहरी नायब उपरिक्षक प्रवक्ता प्रकाश सापकोटाले पुष्टी गरे । उनका अनुसार गाईघाटबाट काठमाण्डौतर्फ जादैककं गरेको बा प्र १–००६ ख ६२६२ नम्वरको यात्रुवाहक बसबाट १ लाख ५० हजार मूल्य बराबरका पाउडर दुध बरामद भएको हो ।

बसलाई रोकेर जाककंच गर्ने क्रममा १० बोरा पाउडर दुधको बिलको स्रोत खुलाउन नसकेकाले नियन्त्रणमा लिएको प्रवक्ता सापकोटाले बताए ।

बरामद सामान आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको बारा प्रहरीले जनायो ।

 


सम्बन्धित समाचार