Logo

१५ साउन,वीरगञ्ज । पर्साको धोबिनी गाउपालिकामा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । गाउपालिकाको वडा नम्वर ५ नहरमा एकजना ३५ वर्षीय मृत भेटिएका हुन् ।

तुलसीवर्वा चोकस्थित सडक छेउको नहरमा शव फेला परेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । सोही वडाका कपिल देव राम आज बिहान ६ बजे मृत भेटिएका पर्सा प्रहरीका प्रवक्ता डिएसपी दिपक भारतीले पुष्टि गरे ।

उनका अनुसार स्थानीयले नहरमा शव देखेपछि प्रहरालाई खबर गरेका थिए । फेला परेको उक्त शव प्रहरी मुचुल्कापछि पोष्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको प्रहरी  भनाइ छ ।

मृतक रामले मादक पदार्थ सेवन गरी नहरमा उनको ज्यान गएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो ।


सम्बन्धित समाचार