Logo

१५ साउन,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलीका भारतीय मल बरामद गरेको छ । विशेष सूचनाको आधारमा गरिएको खानतलासीका क्रममा भन्सार छलेर भण्डार गरी राखेको अवस्थामा भारतीय मल बरामद भएको हो ।

बीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थितको घरबाट २६ हजार २ सय ५० रुपैयाँ बराबरको भन्सार छलीका भारतीय मल बरामद भएको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले बताए ।

बरामद भारतीय मल आवश्यक कारबाहीका लागि बीरगन्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जानकारी दिएको छ ।


सम्बन्धित समाचार