Logo

१५ साउन,काठमाडौं । न्याय परिषद्ले ठूलो संख्यामा न्यायाधीशको सरुवा गरेको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बेठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेको हो।न्याय परिषद्का अनुसार, उच्च अदालतका २६ र जिल्ला न्यायाधीश ६५ जनाको सरूवा गरिएको हो।

एकै कार्यथलोमा २ वर्ष अवधि पुगेकाहरूलाई सरूवा गरिएको न्याय परिषद्का अधिकारीले जानकारी दिए।

उच्च अदालततर्फ
धीरबहादुर चन्द पाटनबाट राजविराज सरूवा भएका छन्। लेखनाथ पौडेल पाटनमा हाल काजमा रहेकामा पाटनमै रहने गरी सरूवा भएका छन्,

जनक पाण्डे पाटनबाट सुर्खेत पुगेका छन्। पाटनकै श्यामजी प्रधान नेपालगन्ज सरूवा भएका छन्।

वासुदेव आचार्य पाटनबाट विराटनगरबाट बुटवल, मदन पोख्रेल बाग्लुङबाट सुर्खेत, ध्रुवराज नन्द पाटनबाट विराटनगर सरूवा भएका छन्।

टंकप्रसाद गुरुङ नेपालगन्जबाट पाटन, हरिप्रसाद पौडेल पाटनबाट वीरगन्ज, रामबहादुर थापा विशेष अदालतबाट सुर्खेत, राज्यलक्ष्मी वज्राचार्य विराटनगरबाट सुर्खेत, विमल सुवेदी राजविराजबाट विराटनगर पुगेका छन्।

ऋषि राजभण्डारी इलामबाट पाटन, सुदर्शनराज पाण्डे पाटनबाट पोखरा, दीपेन्द्र अधिकारी पाटनबाट बुटवल, राजुराम सिलवाल तुल्सीपुरबाट जनकपुर, मेरिना श्रेष्ठ हेटौंडाबाट पोखरा, निर्मला पौडेल भट्टराई पोखराबाट हेटौंडा, रामेश्वर रेग्मी सुर्खेतबाट पाटन सरूवा भएका छन्।

यस्तै जगदीश घिमिरे जुम्लाबाट जनकपुर, निर्मला शाक्य हेटौंडाबाट वीरगन्ज, हरिश्चन्द्र ढुंगाना र खडानन्द तिवारी वीरगन्जबाट पाटन, काजीबहादुर राई सुर्खेतबाट इलाम, रितेन्द्र थापा विशेष अदालतबाट दीपायल, सूर्यप्रसाद पराजुली बुटवलबाट पाटन सरूवा भएका छन्।

श्यामजी प्रधान राजस्व न्यायाधिकरण नेपालगन्ज राजस्व न्यायाधिकरणको पनि अध्यक्ष हुनेछन्।

श्रम अदालतको अध्यक्ष पदमा सुर्खेत उच्च अदालतका न्यायाधीश जनक पाण्डे सिफारिस भएका छन्।

हेर्नुहोस् कुन न्यायाधीश कहाँ सरूवा भए ?  


सम्बन्धित समाचार