Logo

१६ साउन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले मानव अधिकार तथा क्राइम कन्ट्रोल को अन्तराष्ट्रीय अध्यक्ष भि पी सिंह लाई सम्मान गर्नु भएको छ ।

प्रमुख सिंह सित अध्यक्ष भि पी सिंह ले नेपालको मानव अधिकारको रक्षा र मानव अधिकारवादी संघ संस्थाा सित मिलेर सहकार्य गर्ने प्रस्ताव गर्नु भएको थियो । प्रमुख सिंह ले नेपालमा मानव अधिकार को उल्लङ्घन धेरै हुने भएकोले राष्ट्रिय र अन्तराष्ट्रिय मानव अधिकारवादीहरुले नियमित अनुगमन तिव्र बनाउनु पर्नेमा जोड दिनु भएको छ ।

सम्मान कार्यक्रम मा प्रमुख कार्यकारी अधिकृत मातृका भट्टराई , वडा अध्यक्ष वैजु स्वर्णकार लगायत को उपस्थिति रहेको थियो ।  यसै गरी बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र साहिब दरवार,नेपालद्वारा साहिब दरवार ग्यासपुर सिवान भारतका पिठाधीपति परमपुज्य सरकारजी र भारतबाट आएका साधुसन्तलाई सम्मान गर्नु भएको छ ।

 


सम्बन्धित समाचार