Logo

१६ साउन,काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो। बैठक बिहान ११ बजे सुरु हुने भनिए पनि पछि १ बजेका लागि सारिएको थियो।
बैठकमा पार्टीको केन्द्रीय सदस्य चयनका विषयमा छलफल हुनेछ।

एक महिनाअघि पार्टीको दशौं महाधिवेशन सम्पन्न गरेको समाजवादीले केन्द्री कमिटीलाई पूर्णता दिन सकेको छैन। २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने भनिए पनि महाधिवेशनबाट ९३ जना केन्द्रीय सदस्य चयन गरेको थियो।

महाधिवेशनले अध्यक्षमा माधव नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाललाई दोहोर्याएको छ भने अरू पदाधिकारी पनि चयन हुनै बाँकी छ। समाजवादीकी नेतृ जयन्तीदेवी राईका अनुसार केन्द्रीय सदस्यहरूको चयनपछि पूर्ण बैठकले पदाधिकारी चयन गर्नेछ।


सम्बन्धित समाचार