Logo

१६ साउन,काठमाडौं । टिकटकको मूल कम्पनी बाइटडान्सको सिंगापुर मुख्यालयका करिब ६० कर्मचारी खानामा विषाक्तताका कारण बिरामी परेका छन् । स्वास्थ्य र खाद्य सुरक्षा अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन्। मंगलबार ६० जनामा पेटसम्बन्धी समस्या देखिएको छ । जसमध्ये ५७ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

बाइट डान्स कम्पनीले कर्मचारी बिरामी परेको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । बाइटडान्स कार्यालयहरूमा कुनै खाना तयार हुँदैन। बाइट डान्स यसको खाना आपूर्तिको लागि तेस्रो पक्षहरूमा निर्भर गर्दछ।

स्थानीय मिडियाका अनुसार घाइतेहरुको उपचारका लागि १७ एम्बुलेन्स पठाइएको थियो । बाइटका प्रवक्ताले बीबीसीलाई भने “हामीले हाम्रा कामदारहरूको स्वास्थ्य र खाद्य सुरक्षालाई गम्भीरताका साथ लिएका छौं र प्रभावित कामदारहरूलाई सहयोग गर्न तत्काल कदम चालेका छौं।”

उनले यस विषयमा अनुसन्धान गरिरहेको र सम्बन्धित निकायसँग मिलेर काम गरिरहेको बताए ।


सम्बन्धित समाचार