Logo

१६ साउन, काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा व्यक्ति स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या ६ लाखभन्दा माथि रहेको पाइएको छ ।

अर्थ मन्त्रालयका अनुसार आव २०८०/८१ मा ६ लाख १७ हजार ७८१ जनाले व्यक्तिगत प्यान लिएका छन् । यससँगै कुल प्यान नम्बर लिने करदाताको संख्या ४२ लाख ६७ हजार ३९५ पुगेको छ ।

पछिल्लो समय पारिश्रमिक भुक्तानीसहितमा प्यान अनिवार्य गरिएसँगै प्यान नम्बर लिनेहरुको संख्या उल्लेख्य बढेको हो । आर्थिक वर्ष २०७९/८० मा ३६ लाख ४९ हजार ६१४ जनाले प्यान नम्बर लिएका थिए ।
अर्थ मन्त्रालयका अनुसार व्यावसायिक स्थायी लेखा नम्बर लिनेको १९ लाख ९२ हजार ५४४ पुगेको छ ।

गत वर्षसम्म यो संख्या १८ लाख ७६ हजार ३०५ रहेको थियो । करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बरको संख्या ८० हजार ४३० रहेको छ । उता, मूल्य अभिवृद्धि कर (मूअक) तर्फ दर्ता हुने करदाताको संख्या ३ लाख ३४ हजार ९८३ पुगेको छ । एक वर्षमा २६ हजार ५०६ जना मूअकमा दर्ता भएका छन् ।

अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या भने १ लाख २५ हजार ८१ पुगेको छ । यस आवमा ८ हजार ४०६ करदाता अन्तःशुल्कमा दर्ता भएको अर्थ मन्त्रालयले जनाएको छ ।

 


सम्बन्धित समाचार