Logo

१८ साउन,वीरगञ्ज । पर्सा प्रहरीले हिजो राती भन्सार छलीका खुद्रा सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले भन्सार छलीका मेसिनरी पार्टस, पुर्जा तथा लत्ताकपडा बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले बीरगन्जको प्रतिमा चोक तथा इनर्वा गाउँबाट करिब ४१ ह्जार रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको हो ।

बरामद भन्सार छलीका सामानहरु आवश्यक कारबाहीका लागि बीरगन्ज भन्सार कार्यालयमा पठाइएको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले बताए ।
उनका अनुसार २५ हजार रुपैयाँ बराबरको मोर्टस पार्ट १५ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको थियो ।


सम्बन्धित समाचार