Logo

१८ साउन,वीरगञ्ज । बारा प्रहरीले ७५ लाख मूल्य बराबरका भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया एरियाबाट प्रहरीले भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको हो ।

वीरगन्जबाट काठमाण्डौँतर्फ जादैँ गरेको प्र २–०३–००१ ख ३६८९ नम्बरको ट्रकबाट स्रोत नखुलेको ७५ लाख १० हजार ८१६ मूल्य बराबरका सामानहरु पक्राउ गरेको बारा प्रहरीका प्रवक्ता प्रकाश सापकोटाले बताए । उनका अनुसार प्रहरीले मोविल, कस्मेटिक, मेशनरी पार्ट, ब्याट्री, चना र अन्य सामानहरु सहित ट्रकलाई नियन्त्रणमा लिएको हो ।

सामानसहित ट्रकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार