Logo

१८ साउन,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त तीन जना राज्यमन्त्रीलाई पद तथा गोपनियताको शपथ गराएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री समक्ष तीन राज्यमन्त्रीले शपथ लिएका हुन्।

शपथ लिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्री रुपा बिक र ऊर्जा, जलस्रोत र सिँचाई राज्यमन्त्री पूर्णवबहादुर तामाङ रहेका छन्।

शपथ कार्यक्रममा उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, मुख्यसचिव, उच्चपदस्थ अधिकारी सहभागी थिए। योसँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।

 


सम्बन्धित समाचार