Logo

१९ साउन,वीरगञ्ज । सिरहा प्रहरीले आधुनिक पेस्तोलसहित दुइ जना भारतीयलाई पक्राउ गरेको छ । सिरहाको ठाडीबाट लहानतर्फ जाँदै गरेको यात्रुबाहक बसबाट पिस्टोनसहित २ जना भारतीयलाई पक्राउ गरेको हो ।

प्रहरीले कालो रंगको पिस्टोनसहित भारत पिपराही झझरी बस्ने निरज पासवान र अरुण साहलाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा बसलाई जाँच गर्दा इलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको प्रहरी टोलीले पिस्टोनसहित दुबै जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेका दुबै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान चलिरहेको सिरहा प्रहरी प्रमुख रमेश पंण्डितले बताए ।


सम्बन्धित समाचार