Logo

१९ साउन,काठमाण्डौ । डेंगीको सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगी रोकथाम तथा नियन्त्रणका लागि रणनीति सार्वजनिक गरेको छ । मन्त्रालयले लामखुट्टेको वासस्थान खोजी नष्ट गर्ने अभियान र डेंगीबाट ज्यान जाने अवस्थालाई शून्यमा कायम राख्ने प्रमुख दुई रणनीति सार्वजनिक गरेको हो । यो रणनीति विश्वव्यापी रूपमै प्रभावकारी मानिएको र सिफारिस गरिएको बिधि रहेको मन्त्रालयले जनाएको छ ।

यसका साथै मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय सरकार तथा सम्बद्ध निकायहरूले गर्नुपर्ने क्रियाकलापहरूसहितको डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजना, २०८१ स्वीकृत गरी कार्यान्वयनका लागि सात वटै प्रदेश र सबै स्थानीय तहमा पठाइसकेको जनाएको छ ।

पालिका मार्फत खोज तथा नष्ट अभियानलाई व्यापक रूपमा सञ्चालन गर्न यस आर्थिक वर्षका लागि सात करोड ९८ लाख रकम विनियोजन गरिएको छ । साथै, ७७ वटै जिल्लाहरूमा पनि झण्डै दुई करोड बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । यस्तै डेंगी परीक्षणका लागि किट र स्वास्थ्यकर्मीहरुलाई तालिम पनि दिएको मन्त्रालयले जनाएको छ ।

यस वर्ष अहिलेसम्म मुस्ताङ, डोल्पा, हुम्ला र जुम्ला बाहेकका ७३ जिल्लामा दुई हजार ६० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजना, २०८१


सम्बन्धित समाचार