Logo

१९ साउन,वीरगञ्ज । पर्साबाट प्रहरीले झण्डै ३८ लाख मूल्य बराबरका औषधी तथा खुद्रा सामान लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ । विशेष सुचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक एरियाबाट प्रहरीले उक्त सामानसहितको ट्रक नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले ना.७ ख १६३१ नम्बरको ट्रक नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक प्रवक्ता दिपक भारतीले बताए । उनका अनुसार प्रहरीले ३७ लाख ६२ हजार ९१६ मूल्य बराबरका सामान लोड रहेको पक्राउ गरेको हो ।

बरामद सामानसहित ट्रकलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार