Logo

२० साउन,दाङ । दाङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

गएराति घोराही –तुलसीपुर सडक खण्ड अन्तर्गत सौरी कुलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिपरले विपरीत दिशातर्फ आइरहेको बा ८५ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा परि घोराही ९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए।

टिपरको ठक्करबाट गम्भीर घाइते बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको थियो। मृतकका आफन्तले अहिले दाङको घोराही तुलसीपुर सडकखण्ड अवरुद्ध पारेका छन्।

टिपर चालकलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै पीडितका आफन्तले सडक अवरुद्ध पारेका हुन्।


सम्बन्धित समाचार