Logo

२० साउन,काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

महासंघका अनुसार आइतबार छापावाल सुन तोलाको एक लाख ४९ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यस अघि शुक्रबार छापावाल सुन एक लाख ४९ हजार ९ सय रुपैयाँ र तेजाबी सुन एक लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएकाले थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला १० रुपैयाँले घटेर तोलाको १९८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 


सम्बन्धित समाचार