Logo

२० साउन,काठमाडौँ । मर्दी हिमाल बेस क्याम्पमा मानव अवशेष भेटिएको छ। शनिबार स्थानीय भेडापालक गोविन्द गौतमले निगालो घारीमा मान्छेको दुई वटा हड्डी, टाउजर र आइफोन भेटाएका हुन्।

माछापुच्छ्रे गाउँपालिका–९ का वडा अध्यक्ष हरिबहादुर क्षेत्रीका अनुसार समुन्द्री सतहदेखि ४ हजार ५ सय मिटर उचाइमा रहेको मर्दी बेस क्याम्पको लामिडाँडा खोँचमा मानव अवशेष भेटिएको हो ।

उक्त मानव अवशेष गत डिसेम्बर ३० मा हराएका स्विडिस नागरिक माइकल लिउ ब्लोम्बर्गको हुन सक्ने आशंका गरिएको प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पदयात्रामा गएका माइकल मर्दी बेस क्याम्पबाट हराएका थिए। यसबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरी स्रोतले प्रशासनलाई जानकारी दियो ।


सम्बन्धित समाचार