Logo

२० साउन,वीरगञ्ज ।स्वर्गीय गायक गुरुदेव कामतको शोकमा मधेश प्रदेश सरकारले आज आधा झण्डा झुकाएको छ । गायक कामतको सम्मानस्वरुप प्रदेश सरकारले आज आधा झण्डा झुकाएर काम गरिरहेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

यही बिहीबार गायक कामतको भएको असामयिक निधनको शोकमा प्रदेश सरकारले आइतबार आधा झण्डा झुकाएर कामकाज गरिरहेको मुख्यमन्त्री सतिस सिंहले बताए ।

उनका अनुसार शास्त्रीय संगीतका साधक एवम लोकप्रिय गायक कामतको शोकमा प्रदेश सरकारले आज आधा झुकाएर काम गरिरहेको हो । प्रदेश सरकारको निर्णय बमोजिम झण्डा आधा झुकाइएको मुख्यमन्त्री सिंहले बताए ।

उनका अनुसार स्वर्गीय गायक कामतको निधनप्रति शोक प्रकट गर्नका प्रदेश सरकारले आधा झण्डा झुकाउने निर्णय गरेको हो ।

मुख्यमन्त्री सिंहले भनेका छन्, ‘गुरुदेवजीको सांगतिक आराधना र उपासनाको यात्रा अत्यन्त कठिन र संघर्षपूर्ण रहँदै आयो, तर पनि जीवनको कठोरतम क्षणसंग लड्दै शास्त्रीय तथा सुगम संगीत परम्परालाई थप सृजनात्मक र उत्कर्षोन्मुख

बनाउन उहाँले लागिरहनु भयो । यहीकारण उहाँको यो योगदानको कदर गर्दै प्रदेश सरकारले झण्डा झुकाउने निर्णय गरेको हो ।’

गायक कामतको साउन १७ गते बिहिबार बिहान निधन भएको थियो । सिरहाको पतारी गाउँपालिका वडा नम्बर २ पोखरभिण्डामा स्थितको आफ्नै निवासमा गायक कामतको निधन भएको हो ।


सम्बन्धित समाचार