Logo

फाइल तस्बिर

२० साउन,वीरगञ्ज । मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्ज हुँदै आयात गरिने खाना पकाउने एलपिजी ग्यास र हवाई इनधनमा कमी आएको छ । गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट खाना पकाउने ग्यासको आयातमा चार प्रतिशत र हवाई इन्धनको आयातमा ७१ प्रतिशतले कमी आएको हो ।

आर्थीक वर्ष २०७९र८० मा वीरगञ्ज नाका प्रयोगगरी ३३ अर्ब १३ करोड रुपैयाँ बराबरको २ लाख ९० हजार २ सय ८७ मेट्रिकटन खाना पकाउने ग्यास आयात गरिएको बताउँदै वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले गत आर्थीक वर्षमा ३० अर्बको रुपैयाँको दुई लाख ६७ हजार ४८ मेट्रिकटन ग्यास आयात भएको जानकारी दिए । उनका अनुसार ११ हजार २ सय ३८ मेट्रिकटन कम ग्यास अयात भएको हो ।

भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार अघिलो आर्थीक वर्षमा वीरगञ्ज नाकाबाट १७ अर्ब ३१ करोड रुपैयाँको ५ लाख ९७ हजार १ सय ४४ किलोलिटर (केल) हवाई इन्धन आयात भएकोमा गत आर्थीक वर्षमा १८ अर्ब २१ करोड रुपैयाँको १ लाख ७३ हजार ४ सय ८४ केल आयात भएको छ ।

सूचना अधिकारी कर्णले खाना पकाउने ग्यास र हवाई इन्धनको आयातमा सङ्कुचन देखिए पनि नेपालमा सबैभन्दा बढी इन्धनका रुपमा उपयोग हुने डिजल र पेट्रोलको आयात भने बढेको बताए । वीरगञ्ज नाकाबाट आर्थीक वर्ष २०७९र८० को तुलनामा गत आर्थीक वर्ष डिजल चार प्रतिशत र पेट्रोलको आयात दुई प्रतिशतले बढेको उनले जानकारी दिने ।

आर्थीक वर्ष २०७९र८० मा १ खर्ब १३ अर्ब ५८ करोड रुपैयाँको १० लाख ४० हजार ५ सय छ केल डिजल र ३८ अर्ब २४ करोड रुपैयाँको ३ लाख ८९ हजार ७ सय ११ केल पेट्रोल आयात भएको जनाउँदै गत आर्थीक वर्षमा रु १ खर्ब ९ अर्ब २९ करोडको १० लाख ८३ हजार ५ सय २० केल डिजल र रु ३९ अर्ब २ करोडको ३ लाख ९४ हजार ७ सय २३ केल पेट्रोल आयात भएको सूचना अधिकारी कर्णले जानकारी दिए ।

उनका अनुसार नेपालका लागि आवश्यक ७० प्रतिशत इन्धनको आयात वीरगञ्ज नाकाबाट हुने गरेको छ ।
रासस


सम्बन्धित समाचार