Logo

२० साउन,वीरगञ्ज । बारा प्रहरीले लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले आधाभार जंगलबाट एक जना ८ किलो भन्दा बढी गाँजासहित महिलालाई पक्राउ गरेको हो ।

प्रहरीले बर्दिया मधुवन नगरपालिका ७ निवासी प्रियांका श्रेष्ठलाई पक्राउ गरेको बारा प्रहरी प्रकाश सापकोटाले बताए । पथलैयाबाट खटिएको प्रहरीको टोलीले उनलाइ ८ किलो ५०० ग्राम लागु औषध गाँजासहित पक्राउ गरिएको बारा प्रहरीले जानकारी दिएको छ ।

सडकको छेउमा शंकास्पदरुपमा उभिएको अवस्थामा जाँच गर्दा उनको झोलाभित्रबाट लागु औषध गाँजा बरामद भएको प्रहरी बताउँछ । पक्राउ परेका महिलालाई जिल्ला प्रहरी कार्याmयको बाराको हिरासतमा राखी थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार