Logo

२१ साउन, वीरगञ्ज । आज साउन महिनाको तेस्रो सोमबार । वीरगंजको पशुपतिनाथ, अलखिया मठ, पर्साको भाथाधाम लगायत शिवालयहरुमा भक्तजनको भीड लागेको छ ।

साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ ।

यस दिन विशेष रुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।

सोमवारको अवसरमा बाराको काँटघाटमा वाग्मतीबाट जल बोकेर आउने भक्तजनको विषेश भिड छ ।

साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

यस महिनामा अब एउटा सोमबार मात्र बाँकी छ ।

 

(देखिएका फोटो सहकर्मी रंजित यादवलक्ष्मी खरेलले कैमरामा कैद गरेका हुन् ।)


सम्बन्धित समाचार