Logo

२१ साउन, वीरगञ्ज । पर्सा प्रहरीले भन्सार छलीका विभिन्न किसिमका लत्तापकडा बरामद गरेको छ ।

भारतबाट भन्सार छलेर नेपाल ल्याँदै गरेको करिब ३ लाख मूल्य बराबरको लत्ताकपडा बरामद गरेको पर्सा प्रहरीले जनाएको छ ।

वीरगञ्ज विभिन्न ठाउँबाट प्रहरीले २ लाख ७५ हजार मूल्य बराबरको भन्सार छलीको लत्ताकपडा बरामद गरेको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले बताए ।

प्रहरीले रेशमकोठीबाट २ लाख मूल्य बराबरको कुर्ता सुरुवाल, रामटोलबाट कपडा र महानगरको वैष्णोदेबी मन्दिरबाट २५ हजार मूल्य बराबरको भन्सार छलेर ल्याइएका विभिन्न किसिमका कपडा नियन्त्रणमा लिएको थियो ।

बरामद लत्तापकडाको भन्सार गरेको नपाइएपछि आवश्यक कारबाहीका लागि बीरगन्ज भन्सार कार्यालयमा पठाइएको पर्सा प्रहरीले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस् …

१० लाख ६३ हजार बराबरका सामान वीरगञ्ज भन्सारमा बुभाइयो


सम्बन्धित समाचार