Logo

२१ साउन, वीरगञ्ज । पर्साको पटेर्वासुगौलीमा रहेको दुग्धेश्वर मन्दिर (भाटा बाबा) को दर्शनका लागि हिडेका २ जना युवक हराएका छन् ।
मन्दिरमा साउनको तेस्रो सोमबारको हुने पुजामा दर्शनका लागि मकवानपुरबाट हिडेका ६ जनाहरुमध्ये २ जना हराएको पर्सा प्रहरीले जनाएको छ । मकवानपुरबाट जंगलको बाटो हिजो हिडेका ६ जनाको दशनार्थीको समूहमध्ये २ जना आज विहान हराएको पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय अन्तर्गतका रामभौरी भाटा सेन्टरले जनाएको छ ।

रामभौरी भाटा सेन्टरले प्रमुख सुमन ठाकुरले मन्दिरको दर्शनका लागि आउने २ जना युवा हराएको खबर प्राप्त भएको बताए । उनले भने, ‘हराएका व्यक्तिसंग आएका समूहले हाम्रो २ जना साथी हराएको जानकारी गराएको छ, प्रहरीलाई पनि खबर भइसकेको छ ।

प्रहरीसंगै हामी पनि आफ्नो टोलीले लिएर खोजविनका लागि निस्किदै छौं ।’ हराएका व्यक्तिहरुको पहिचान भने अझ खुल्न नसकेको उनी बताउँछन् ।

उनका अनुसार मोबाइलको नेटवर्क नटिपिरहेको हुनाले अन्य विवरण खोत्ल नसकिएको हो ।
जंगलको बाटो आइरहेको हुनाले जंगली हातीले आक्रमण ग¥यो भन्ने आशंका रहेकोले संवेदनशील क्षेत्रमा खोजी गर्न आफूहरुको टोली मूभ भएको उनले बताए ।


सम्बन्धित समाचार