Logo

२१ साउन,काठमाडौँ ।देशमा हिंसात्मक प्रदर्शनपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेकी छन् ।

हिंसात्मक प्रदर्शनपछि प्रधानमन्त्री हसिनाले राजीनामा दिदैँ देश छाडेकी छन् । उनले सोमबार राजीनामा दिएसँगै देश छाडेको जनाइएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका प्रधानमन्त्री हसिनाले देश छाडेको बताइएको छ । बीबीसीको बांग्ला सेवाका अनुसार बंगलादेशको प्रधानमन्त्री निवासमा प्रदर्शनकारी प्रवेश गरेका छन् ।

गत महिनादेखि बंगलादेशमा आरक्षणको विरोधमा आन्दोलन हुँदै आएको छ । तर शेख हसिनाले आन्दोलनमा उठेका माग सम्बोधन गर्न चासो देखाएकी थिइनन् ।

आइतबार विरोध प्रदर्शन उग्र भएको थियो । सोमबार पनि प्रदर्शनकारी ठुलो संख्यामा सडकमा उत्रिएका थिए ।


सम्बन्धित समाचार