Logo

२१ साउन,काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन तयार गर्न गृहकार्य सुरु गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको बैठकमा समितिको कार्यादेशमा आधारित भएर प्रतिवेदन बनाउनका लागि आवश्यक सुझाव लिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।

प्रतिवेदनमा समेट्ने विषयमा सचिवालयबाट प्रस्तुत खाकाका विषयमा बैठकमा छलफल भएको भन्दै उनले खाकालाई सर्वसम्मतले पारित गरेको बताए । यसअघि भएका छलफलका निष्कर्षलाई समेटेर प्रतिवेदन मस्यौदा बनाउदै लैजाने र आवश्यकता अनुसार सरोकारवाला निकायसँग छलफल पनि गर्दै जाने उनले जानकारी दिए ।

त्यस्तै उनले सहकारी रकम हिनामिना आरोपित सम्बन्धित सहकारीका अध्यक्ष लगायतका पदाधिकारीसँग समितिले छलफल गर्ने र त्यसका लागि प्रश्नहरूको खाका तयार गरिएको बताए।

बिभिन्न निकायबाट माग गरेका तथ्य–तथ्याङ्कका आधारमा प्रतिवेदनलाई अन्तिम रूप दिने समयसम्म छानविन लगाएका काम जारी रहने समिति संयोजक थापाले बताए ।


सम्बन्धित समाचार