Logo

फाइल तस्बिर

२२ साउन,वीरगञ्ज । बारा प्रहरीले ठूलो परिमाणमा भन्सार छलीका सामान बरामद गरेको छ । जिल्लाको विभिन्न ठाउँबाट प्रहरीले १२ लाख भन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको जनाएको छ ।

प्रहरीको विभिन्न यूनिटबाट खिटएको टोलीले प्याज र मोबाइलको डिस्पलेसहित ट्रक नियन्त्रणमा लिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।

इलका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले बीरगन्जबाट नारायणघाटतर्फ जाँदै गरेको बा ३ ख ४९८६ नम्बरको यात्रुबाहक बसबाट ७ लाख ३३ हजार ५ सय रुपैयाँ बराबरको मोबाइल डिस्पले बरामद गरेको बारा प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार यात्रुबाहक बसबाट ४८९ पीस मोबाइल डिस्पले फेला परेको छ । यसैगरी पथलैया चोकबाट कास्कीतर्फ जाँदै गरेको प्रदेशको २–०३–००१ ख् ०९५६ नम्बरको ट्रकबाट भन्सार छलीका एक हजार किलो प्याज प्रहरीले बरामद गरेको जनाइएको छ ।

बारा प्रहरीका अनुसार उक्त ट्रकबाट करिब ५ लाख मूल्य बराबरको प्याज बरामद भएको छ । बरामद मोबाइल डिस्पले र प्याज थप अनुसन्धानका लागि पथलैया राजश्व विभागमा पठाइएको बारा प्रहरीको भनाइ छ ।


सम्बन्धित समाचार