Logo

२२ साउन,वीरगञ्ज । पर्सा प्रहरी भारतीय नोटसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले २ लाख १९ हजार भारतीय रुपैयाँसहित एक जना भारतीयलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा प्रहरीको टोलीले बीरगन्ज महानगरको इनर्वाबाट भारतीय नोटसहित पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ परेका भारतीयसंग विशेष अनुसन्धान चलिरहेको उनको नाम गोप्य राखिएको पर्सा प्रहरीको भनाइ छ ।

प्रहरीको टोलीले उनको साथबाट ५ सय दरको २ सय ३८ थान भारतीय रुपैयाँ बरामद गरेको हो । बरामद भारतीय रुपैयाँसहित ती व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयको पर्साको हिरासतमा राखिएको छ ।


सम्बन्धित समाचार