Logo

२२ साउन,काठमाण्डौ । डेंगु  सङ्क्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार तनहुँका ५० वर्षीय एक पुरुषको मृत्यु भएको हो । यो वर्ष २ हजार ३ सय ६५ जनामा सङ्क्रमण देखिएको छ । मृत्यु भएको घटना भने यो पहिलो हो ।

मृतक पुरुषलाई अन्य रोग पनि रहेको महाशाखाका कीटजन्य शाखा प्रमुख गोकर्ण दाहालले जानकारी दिनुभयो । नेपालमा ७७ जिल्लामध्ये अहिलेसम्म ७३ वटा जिल्लामा डेंगु सङ्क्रमण फैलिसकेको छ । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिएको महाशाखाले जनाएको छ ।

सबैभन्दा बढी काठमाण्डौमा २ सय ८७ जना डेङ्गीका बिरामी छन् । निरन्तरको झरीले डेंगु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन् ।


सम्बन्धित समाचार